एमालेले दान पाएको जग्गा विवाद विरुद्धको रिट न्यायाधीशद्वय श्रेष्ठ र पाण्डेको इजलासमा

एमालेले दान पाएको जग्गा विवाद विरुद्धको रिट न्यायाधीशद्वय श्रेष्ठ र पाण्डेको इजलासमा

623

काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विरुद्ध दायर रिटमा आज सुनुवाइ हुँदैछ ।

अधिवक्ता ज्ञानबहादुर बस्नेतले एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै दायर रिट सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएको हो । मुलुकको कार्यकारी पदमा बसेर दानका रूपमा विवादित व्यवसायीबाट यति ठुलो सम्पत्ति दान लिनु भ्रष्टाचार भएको रिटमा दाबी गरिएको छ । यसअघि ६ पटक पेसी तोकिएर स्थगित हुँदै आएको थियो ।

२०८१ कात्तिक १२ गते अल्पकालीन अन्तरिम आदेश जारी भएपछि पटक–पटक सुनुवाइको पेसी तोकिए पनि सुनुवाइ हुन सकेको छैन ।

तपाईको बिचार