नेपाल प्रिमियर लिगको ट्रफी सार्वजनिक

नेपाल प्रिमियर लिगको ट्रफी सार्वजनिक

557

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी अनावरण गरेको छ । धरहरा परिसरमा सोमबार बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका खेलाडीहरुले एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।

ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुंगा समावेश छ । उक्त ढुंगा आरोहीद्वय निमा शेर्पा र मिङ्मा शेर्पाले ल्याएका थिए । एनपीएलमा ८ टोली फ्रेन्चाइज सहभागी हुँदैछन् ।

जसमा काठमाडौं, विराटनगर, जनकपुर, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहभागी हुँदैछन् । लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशका नाममा रहेका छन् । अन्य सहरबाट नामाकरण भएका टोली हुन् ।

उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्टबीच भिडन्त हुनेछ । उद्घाटन खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा दिउँसो १२ः१५ बजे हुनेछ । फाइनल खेल भने ६ पुसमा हुनेछ ।

एनपीएलमा देशका प्रमुख क्षेत्रलाई प्रतिनिधित्व गर्ने आठ टोलीले भाग लिनेछन् । यीमध्ये पाँच वटाको नाम प्रमुख शहर र तीन वटाको नाम प्रदेशबाट राखिएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर