एजेन्सी । अजरबैजानको बाकुमा आयोजित संयुक्त राष्ट्र संघको जलवायु सम्मेलन कोप २९ सकिएको छ । विश्वका धनी देशहरूले गरिब देशहरूलाई ३ खर्ब डलर दिने वाचा गरेका छन् । जलवायु परिवर्तनको तयारी र यसको असरबाट बच्नका लागि सो रकम उपलब्ध गराइने सहमतिसहिते कोप २९ समाप्त भएको छ ।
कोप २९ मा ३३ घण्टा ढिलो वार्ता सुरु भएपनि केही सहमति जुट्यो । यात्रा निकै कठिन रहेपनि आफूहरू सम्झौतामा पुग्न सकेको जलवायु परिवर्तन हेर्ने यूएनको निकायका प्रमुख सिमन स्टेइलले भनेका छन् ।
तर, जैविक इन्धनको प्रयोग कम गर्दै जाने भनेर गएको वर्षको मागमा सबै सदस्य देशहरूलाई एकजुट गराउन भने वार्ता असफल भयो ।
शनिबार मध्याहन्न भएको वार्ताबाट विकासशिल देशका साथसाथै जलवायु परिवर्तनको सबैभन्दा धेरै मारमा पर्ने देशहरू पनि बाहिरिए ।
विश्वभर खनिज इन्धनको प्रयोग कम गर्दै लैजाने भन्ने भाषा अति नै कमजोर भएको भन्दै स्वीट्जरल्यान्ड, मालदिभ्स, क्यानडा र अस्ट्रेलियाले विरोध गरेका थिए । यसबारे निर्णय सन् २०२५ को जलवायु वार्तासम्म स्थगित भएको छ ।
तपाईको बिचार