काठमाडौँ । ‘बदलिँदो विश्व व्यवस्था र भू राजनीतिक परिदृश्य: नेपालमा वाम राजनीतिका सम्भावना र चुनौती’ एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । क्रिटिकल डिस्कोर्स नेपालको आयोजना तथा रोजा लक्समबर्ग दक्षिण एशियाको सहकार्यमा उक्त अन्तरक्रिया सम्पन्न भएको हो।
कार्यक्रम नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रमका वक्ताहरूमा रोजा लक्समबर्ग दक्षिण एशिया प्रमुख ब्रिटा पीटरसन, माओवादी केन्द्रका नेता पम्फा भुसाल लगायत थिए । कार्यक्रममा डा.खग्रेन्द्र प्रसाईँले ‘बदलिँदो विश्व व्यवस्था र भूराजनीतिक परिदृश्यस् नेपालमा वाम राजनीतिका सम्भावना र चुनौती’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जे.एनयू नयाँ दिल्ली र मानव भूगोल जर्नलका दक्षिण एशिया सम्पादक प्राध्यापक, जी.एस. बटुलो, दिल्ली विश्वविद्यालयका एसोसिएट प्रोफेसर सरोज गिरी, फिलिपिन्सको प्रतिनिधि सभाको पूर्वसदस्य र बौद्धिक बायाँ प्रोफेसर वाल्डेन एफ बेलो, ब्रिक्स अध्ययन केन्द्रका निर्देशक प्रोफेसर वाङ लेईले आफ्ना विचारहरू राखेका थिए ।
करूणा पराजुलीले सञ्चालन गरेको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य अशेष घिमिरेले कार्यशालाको विषयबस्तु तथा औचित्यबारे जानकारी गराएका थिए ।
तपाईको बिचार