संसदका सचिव सुरेश अधिकारीले दिए राजिनामा

संसदका सचिव सुरेश अधिकारीले दिए राजिनामा

553

काठमाडौं । सभामुख देबराज घिमिरे कम्बोडियामा रहेको बखतमा प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन्।

सभामुख देवराज घिमिरे कम्बोडिया भ्रमणमा रहेको बेला अचानक सचिव अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन्।

अधिकारीले स्वास्थ्यलाई कारण देखाउँदै राजीनामा दिएको जनाईएको छ । गत असार १७ गते मात्र अधिकारीलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सचिव नियुक्त गरेका थिए। नियुक्त भएको ५ महिनामा नै उनले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् ।

तपाईको बिचार