अब विभाजनको शृङ्खला रोकियो, मिल्नुको विकल्प छैन- अध्यक्ष दाहाल

अब विभाजनको शृङ्खला रोकियो, मिल्नुको विकल्प छैन- अध्यक्ष दाहाल

779

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजन भएका माओवादी पार्टीहरु एकताको प्रक्रियामा रहेको बताएका छन् ।

चितवनको इच्छाकामना गाउँपालिका–४ मा पार्टी कार्यर्ताहरुसँगको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहालले अव विभाजनको शृङ्खला रोकिएको र एकताको प्रक्रिया सुरु भएको बताए ।

अध्यक्ष दाहालले भने, “अब मिल्नुको विकल्प छैन, विभाजनको शृङ्खला रोकिएको छ, सबै माओवादी एकताको प्रक्रियामा छन ।” देशको विकास तथा निकासका लागि पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको उनको भनाइ थियो ।

तपाईको बिचार

सम्बन्धित खबर