एमालेलाई दान दिएको जग्गा विरुद्धको रिट आज पनि हेर्न नभ्याइने

एमालेलाई दान दिएको जग्गा विरुद्धको रिट आज पनि हेर्न नभ्याइने

837

काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गा विरुद्ध दायर रिट ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

अधिवक्ता ज्ञानबहादुर बस्नेतसहितले सर्वोच्च अदालतमा दायर रिटमासथ सुनुवाइका लागि न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको थियो । तर, आज पनि सुनुवाइ नहुने भएको हो ।

एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेश मार्फत बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । मुलुकको कार्यकारी पदमा बसेर दानका रूपमा विवादित व्यवसायीबाट यति ठुलो सम्पत्ति दान लिनु भ्रष्टाचार नै भएको दाबी रिटमा छ । तर, रिट हालसम्म पाँच पटक पेसी तोकिने अनि सुनुवाइ सर्ने भएको छ ।

तपाईको बिचार