धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका संशोधन

धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका संशोधन

667

काठमाडौँ । गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा सहभागी गराउन धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका २०८१ संशोधित गर्दै नयाँ प्रावधान लागू गरिएको छ।

अब संयुक्त लगानीमा इन्भेष्टमेन्ट कम्पनी खोल्न सकिनेछ, जसमा नेपाल सरकार र गैरआवासीय नेपालीबीच मात्रै शेयर कारोबार हुनेछ।

निर्देशिकाअनुसार, यस्ता कम्पनीले जारी पूँजीको १० प्रतिशत देखि ४९ प्रतिशत सम्म गैरआवासीय नेपालीलाई मात्र शेयर निष्काशन गर्न पाउनेछन्। शेयर दर्ता, बिक्री, र बाँडफाँडका लागि प्रष्ट प्रक्रिया तोकिएको छ। आवेदक कम्पनीले शेयर दर्ता गर्न नियमअनुसार दस्तुर बुझाउनुपर्ने र प्रक्रिया पूरा भएपछि सात कार्य दिनभित्र दर्ता स्वीकृति प्रदान गरिनेछ।

शेयर खरिदका लागि न्यूनतम १,००० कित्ता आवेदन दिनुपर्नेछ। शेयर निष्काशनमा पचास प्रतिशतभन्दा कम आवेदन परेमा प्रक्रिया रद्द हुनेछ भने बाँकी शेयर पुराना शेयरधनीलाई दिने व्यवस्था छ। यस्ता शेयरको कारोबार गैरआवासीय नेपालीबीच मात्र हुनेछ र संस्थापक शेयर लकइन अवधि पूरा नहुँदासम्म स्थानान्तरण गर्न पाइने छैन।

नयाँ प्रावधानले गैरआवासीय नेपालीको लगानी सुरक्षित गर्दै धितोपत्र बजार विस्तारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

तपाईको बिचार