आईक्यापमा भगलिन  एकीकृत समाजवादी बिदेश बिभाग सचिव खतिवडा कम्बोडियामा

आईक्यापमा भगलिन  एकीकृत समाजवादी बिदेश बिभाग सचिव खतिवडा कम्बोडियामा

693

काठमाडौं । नेकपा एकीकृत समाजवादीका बिदेश बिभाग सचिव डा. शंकर खतिवडा कम्बोडिया पुगेका छन् । । खतिवडा एसियाली राजनीति पार्टीहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) (International Conference of Asian Political Parties: ICAPP) को १२औं साधारण सभामा भाग लिन कम्बोडियाको राजधानी नोम पेन्ह पुगेका हुन् । ।

कम्बोडियन पिपल्स पार्टी (सीपीपी) को आयोजनामा हुन गइरहेको बाह्रौँ साधारण सभामा ३१ देशका ५४ राजनीतिक दलहरूबाट करिब २०० नेताहरू , ३९ जना पर्यवेक्षकहरू पनि सहभागी हुनेछन् । त्यसैगरी, एशियाभन्दा बाहेक १५ वटा मुलुकबाट १६ वटा राजनीतिक दलका ४० जना नेताहरू पनि सम्मेलनमा सहभागी हुनेछन् ।

सम्मेलनमा नेपालबाट आठ राजनीतिक दलका १३ जना नेताहरू सहभागी हुनेछन्। कार्यक्रमलाई रिपोर्टिङ गर्न विभिन्न देशबाट १५ जना पत्रकारहरू सहभागी छन् । सम्मेलनमा विश्वव्यापी शान्ति र स्थायित्वलाई प्रोत्साहन गर्दै भू-राजनीतिक र भू-आर्थिक चुनौतीहरूको सामना गर्न राजनीतिक दलहरूको बीचमा समझदारी कायम गर्ने विषयमा छलफल हुनेछ।

यसका लागि, यो अन्तर्राष्ट्रिय सम्मेलन विभिन्न राष्ट्रहरू र क्षेत्रीय साझेदारहरूसँग समन्वयात्मक प्रयासहरू बढाउन र द्वन्द्व रोकथामका लागि प्रभावकारी उपायहरू अपनाउन प्रयास गरिने डा. खतिवडाले वबाए ।

सम्मेलनमा संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरू-२०३० को प्रगति सुनिश्चित गर्न आर्थिक असमानता, सामाजिक द्वन्द्व र अन्य चुनौतीहरूको समाधान गर्ने विषयमा पनि छलफल हुनेछ । यसका साथै, यस सम्मेलनमा “शान्ति र मेलमिलाप प्रवर्द्धनका लागि सांस्कृतिक विविधता” र “शान्ति कायम गर्न आजको डिजिटल दुनियामा सन्दर्भमा नक्कली समाचारहरू विरुद्ध कसरी लड्ने” भन्ने विषयमा छुट्टाछुट्टै समानान्तर सेसनहरू सञ्चालन गरेर यस विषयमा गहिरो छलफल हुनेछ । नोभेम्बर २१ बाट सुरु हुने यो अन्तर्राष्ट्रिय सम्मेलन नोभेम्बर २३ मा नोम पेन्ह घोषणा जारी गर्दै समापन हुनेछ ।

सम्मेलनमा नेकपा (एकीकृत समाजवादी) पार्टीको तर्फबाट “शान्ति र मेलमिलापको खोजी” नामक विषयमा Keynote Speaker को रूपमा नोभेम्बर २३ मा म यस सम्मेलनलाई डा. खतिवडाले सम्बोधन गर्ने कार्यक्रम छ ।

तपाईको बिचार