मन्त्रीपरिषदकाे बैठक ४ बजे बस्दै

मन्त्रीपरिषदकाे बैठक ४ बजे बस्दै

625

काठमाडाै । आज मन्त्रिपरिषदको बैठक  बस्दैछ । अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलगायत विषयमा केही महत्वपूर्ण छलफल तथा निर्णयहरू हुने बताइएको छ ।

बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआइ) का विषयमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मतभेद छ । यहि विषयमा साझा धारणा बनाउनका लागि प्रधानमन्त्री ओलीले छलफल गर्न लागेको स्रोत बताउँछ ।

प्रधानमन्त्री ओलीले मंसिर १७ देखि चीन भ्रमणको तयारी गरिरहेको भए पनि परराष्ट्र मन्त्रालयबाट भ्रमणको तालिका सार्वजनिक भइसकेको छैन ।

तपाईको बिचार