काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी नराख्ने बताएका छन् ।
बुधबार एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले भने, ‘ ‘अहिले प्रहार केपी ओलीलाई भएको होला । देशको प्रधानमन्त्रीको नागरिकता र हस्ताक्षर किर्ते गर्नेले भोली सबैको गर्छ यसमा सचेत हुन जरुरी छ ।’
अराजकताका तीन आयाम देखिरहेको छु । राजनीतिक पार्टीले प्रयोग गर्ने भाषाशैलीले नै पनि बिगारेको जस्तो देखिन्छ ।’ उनले सामाजिक सञ्जालबाट आउने डिसइन्फरमेसनको अर्को चुनौती भएको भन्दै केही समूहहरू योजनाबद्ध ढंगले अराजकता सिर्जना गर्न लागिरहेको बताए । अराजकता र लोकतन्त्र सँगसँगै जान नसक्ने उनले बताए ।
उनले नौ वर्षको अवधिमा संविधानको वस्तुनिष्ठ समीक्षा, उपलब्धि र कमजोरीको जगमा उभिएर राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्नुपर्ने धारणा राखे ।
काठमाडौँमा पानी पर्दा प्रदेशमा छाता ओढ्नुपर्ने अवस्था भएको छ प्रदेश सरकारको अस्थिरताप्रति लक्षित गर्दै उनले भने त्यो संघीयताको मर्म होइन होला’,।
ज्ञवालीले भने सरकारबाट हटेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबैखाले तिक्डम अपनाउन थालेको भन्दै ‘प्रचण्डको अभिव्यक्ति बंगलादेश, श्रीलंका बनाइन्छ भन्ने, पहिचानवादीसँग कोशी मान्दिनौ भन्दै सँगै आन्दोलनमा जान खोज्जु, भारतीय मिडियासँग अन्तर्वार्ताको क्रममा दिएको अभिव्यक्तिले सरकारबाट हटेपछि फेरि सबैखाले तिक्डम अपनाउँदैछन् भन्ने देखाएको छ ।’
उनले अराजकता र लोकतन्त्र सँगै जान नसक्ने बताए । उनले भने, ‘अराजकता मौलायो भने भ्याकुमभित्र अलोकतान्त्रिक तत्वले खेल्छन्। ६ सालदेखि परिवर्तनका संवाहक मुख्य कांग्रेस एमाले हुन्।
तपाईको बिचार