काठमाडौं । केही दिनयता देशभर क्रमिक रूपमा चिसो बढेको छ । मंगलबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ९.९ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोही समयमा सोमबार (हिजो) काठमाडौंको न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस थियो । आइतबार (अस्ति) काठमाडौंको न्यूनतम तापक्रम १२.२ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।
महाशाखाले मंगलबार बिहान सार्वजनिक गरेको देशका १६ स्थानको विवरणमध्ये सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम -४ डिग्री सेल्सियस छ । सोमबार जुम्लाको न्यूनतम तापक्रम -३.८ डिग्री सेल्सियस थियो । आइतबार जुम्लाको न्यूनतम तापक्रम -३.५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, मंगलबार डडेलधुराको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस मापन गरिएको छ । सोमबार डडेलधुराको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस थियो । आइतबार डडेलधुराको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।
मंगलबार महाशाखाले सार्वजनिक गरेको विवरणमा अरू स्थानको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसभन्दा माथि छ । महाशाखाले हरेक दिन बिहान पौने ९ मा न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ । चिसोसँगै तापक्रम क्रमिक रूपमा घट्नेछ ।
तपाईको बिचार