काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा एक लाख ६१ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा एक लाख ६२ हजार एक सय रुपैयाँ कायम भएको हो ।
यस्तै छापावाल सुन प्रति १० ग्राम एक लाख ३८ हजार ९ सय ४५ रुपैयाँ कायम भएको छ ।
यसैबीच चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा एक हजार ९ सय ५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार एक हजार ९ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
तपाईको बिचार