पूर्वसभामुख ढुङ्गानाको निधनप्रति एमालेद्वारा दुःख व्यक्त

पूर्वसभामुख ढुङ्गानाको निधनप्रति एमालेद्वारा दुःख व्यक्त

613

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनप्रति दुःख व्यक्त गरेको छ । एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले आज विज्ञप्ति जारी गर्दै निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ उहाँले नेपालको लोकतान्त्रिक आन्दोलन, मानव अधिकार र न्यायिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको छ । “‘सत्तापक्षको सरकार, प्रतिपक्षको सदन’ मान्यताका अनुयायी, संसदीय प्रणालीमा सभामुखको स्पष्ट मानक निर्माण गर्ने तथा सभामुखकीय तटस्थताको वकालत गर्ने स्व ढुङ्गानाको भूमिका सदैव स्मरणीय रहनेछ,” विज्ञप्तिमा भनिएको छ ।

ढुङ्गाना वरिष्ठ कानुनविद्, मानवअधिकारवादी तथा नागरिक समाजका अगुवा पनि थिए । आज सरकारले उनको निधनको शोकमा सार्वजनिक बिदासमेत दिएको छ ।

 

तपाईको बिचार