पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीरमा प्रधानमन्त्री सहित शीर्ष नेताहरूले श्रद्धाञ्जली दिने 

पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीरमा प्रधानमन्त्री सहित शीर्ष नेताहरूले श्रद्धाञ्जली दिने 

671
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 100

काठमाडौँ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिने भएको छ ।

नेपाल सरकारका प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु त्यहाँ पुगेर ढुङ्गाना प्रति श्रद्धाञ्जली प्रकट गर्ने तयारी छ ।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

सानोगौचरणमा श्रद्धाञ्जलीपछि उहाँको पार्थिव शरीर अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने ढुङ्गानाको परिवार स्रोतले जानकारी दिएको छ ।

तपाईको बिचार