पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुंगानाको निधनप्रति दुःख प्रकट

पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुंगानाको निधनप्रति दुःख प्रकट

897

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

नेता खनालले जारी गरेको विज्ञप्तिमा ढुंगानाले लोकतन्त्रको स्थापना, मानव अधिकारको रक्षा, शान्ति प्रक्रियामा निर्वाह गरेको भूमिकाको स्मरण गरिएको छ ।

पूर्व प्रधानमन्त्री खनालले संसदीय अभ्यासलाई सबल बनाउन संसद् प्रतिपक्षको, सरकारले प्रतिपक्षको कुरा सुन्नुपर्छ भन्ने मान्यता स्थापित गरेका  ढुंगानाको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गरे ।  उनले विसं २०४७ को संविधान निर्माणमा क्रममा संविधान सुझाव आयोगका सदस्यको भूमिका निर्वाह गरेका ढुंगानाले शान्ति स्थापनामा पनि पुर्याएको योगदानको स्मरण गरे ।

ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार निधन भएको हो । मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा ढुंगाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए । उनको आज अन्त्येष्टि गरिने जनाइएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर