काठमाडौं । अहिले यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी मनोनयको क्रम चलिरहेको छ । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र व्यक्तिहरुले उम्मेदवारी दर्ता गर्ने क्रम जारी नै रहेको छ ।
यस्तै मेसोमा किर्तिपुरमा नेकपा माओवादीबाट वडा अध्यक्षमा उम्मेदवारी दिन हिडेका एक उम्मेदवारको उम्मेदवारी बाटोबाटै खोसिएको छ । यसरी बाटोमै उम्मेदवारी खोसिने उम्मेदवार हुन- कीर्तिपुरको वडा नम्बर १ मा उम्मेदवारी दिन हिडेका अष्टमान महर्जन ।
टिका, खादा र माला लगाएर माओवादीका ३ उम्मेदवारहरुसहितको र्याली निर्वाचन आयोगतर्फ जाँदै गदर्ता उनलाई पार्टीले उक्त वडामा जनता समाजवादी पार्टी(जसपा)लाई सघाउन लागेको खबर आयो । त्यसपछि महर्जन बाटोमै अलमलमा परेका थिए । तथापी उनले आफूलाई क्षणभरमै सम्हाले ।
माओवादीले जसपाका सरल महर्जनलाई सघाउने निर्णय गरेपछि अष्टमानले पार्टीको निर्णयलाई सिरोपर गर्ने प्रतिकृया दिए । यसपछि माओवादीको र्यालीमा सरल पनि मिसिए । अष्टमानले सरललाई शुभकामना दिए र सँगै फोटो पनि खिचाए । अन्तिममा पत्रकारसँग बोल्दै अष्टमानले भने – ‘पार्टीले जसपासँग गठवन्धन गर्ने निर्णय गरेको छ । म बागी उम्मेदवारी दिन्नँ । सरल महर्जनलाई मेरो समर्थन छ’, ।
तपाईको बिचार