लिफ्ट बिग्रिएपछि खुलेको दुई महिनामै बन्द भयो धरहरा

लिफ्ट बिग्रिएपछि खुलेको दुई महिनामै बन्द भयो धरहरा

711

काठमाडौं । सर्वसाधारणका लागि खुला गरिएको दुई महिनामै धरहरा बन्द भएको छ । लिफ्ट बिग्रिएपछि निश्चितकालका लागि धरहरा बन्द गरिएको सहरी विकास भवन निर्माण विभागका उपमहानिर्देशक प्रकीर्ण तुलाधरले बताए । उनले भने, ‘लिफ्ट बनेपछि सञ्चालनमा आइहाल्छ ।’
तत्काल परीक्षणका लागि खुला गरिएको धरहरामा दैनिक ६ सय जना निःशुल्क चढ्न पाउने व्यवस्था गरिएको थियो । जसका लागि अनलाइनमार्फत निःशुल्क टिकट बुक गरेर चढ्न पाउने व्यवस्था गरेको थियो । हालसम्म २५ हजार ७ सय ४२ जना धरहरा चढेको तथ्यांकमा उल्लेख छ ।
२०७२ को भूकम्पले ढलेपछि २०७५ सालदेखि धरहराको पुर्ननिर्माण थालिएको थियो । निर्माण थालेको ६ वर्षपछि पनि निर्माण पूरा नभई गत असोज ३ गते संविधान दिवसको दिनबाट सञ्चालनमा ल्याइएको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर