काठमाडौं । आइतबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन प्रतितोला एक लाख ६० रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ६० हजार एक सय रुपैयाँ थियो ।
सुनको भाउ यसअघि कात्तिक १५ गते प्रतितोला एक लाख ७१ हजार रुपैयाँ थियो । चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन चाँदीको भाउ प्रतितोला एक हजार ९ सय १० रुपैयाँ रहेकोमा आज एक हजार ९ सय ५ रुपैयाँ छ ।
तपाईको बिचार