काठमाडौ । कुपण्डोलस्थित गुरूद्वारमा ५५५ औँ गुरू नानक जयन्ती मनाइएको छ। शिख धर्मका प्रवर्तक गुरू नानकको स्मृतिमा धार्मिक गतिविधिसहित विभिन्न कार्यक्रम गरिएको हो।
तत्कालीन समाजमा विद्यमान सामाजिक विकृति तथा कुरुतिका बिरुद्ध संघर्ष गरी गुरू नानकले आध्यात्मिक भावनाबाट समानता, बन्धुत्व, सद्गुणमा आधारित विभेद रहित सामाजिक आधार सिर्जना गर्नुभएको विश्वास छ।
सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री श्रेष्ठले नारायणकाजी श्रेष्ठले जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको शुरुआत गर्ने गुरु नानकको शिक्षा तथा उपदेशलाई प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो ।
मानिसकबीचमा विश्वमा बढ्दै गएको आर्थिक तथा सामाजिक असमानताले निम्ताएको द्वन्द्व र हिंसात्मक घटना अन्त गर्न नानकलगायत मोहन गुरुले दिएको उपदेश महत्वपूर्ण हुने उहाँको भनाई थियो।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गुरु नानक जयंतीका अवसरमा सम्पूर्ण शिख धर्मावलम्बीलाई शुभकामना व्यक्त गर्दै गुरू धर्मरक्षक र समाज सुधारक भएको विचार व्यक्त गर्नुभयो ।
पूर्व मन्त्री रंजिता श्रेष्ठले गुरूले प्रतिवादन गरेको आध्यात्मिक दर्शन मानव कल्याणका लागि उपयोगी रहेको बताउनुभयो ।
गुरू ग्रन्थका विद्वान गुरद्विप राणाले हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन विश्वभरका शिख धर्मावलम्बीहरुले गुरु नानकको स्मृतिमा जन्म जयन्ती मनाउने गरेको बताउँदै आजको दिनलाई गुरु नानक प्रकासोत्सव र गुरुपर्व पनि भनिने प्रष्ट पार्नुभयो।
गुरूद्वारका प्रमुख प्रितम सिंहले ज्ञानेश्वर, बालाजु,पशुपति, थापाथलीलगायत स्थानमा रहेको प्राचीन नानक मठ शिख धर्मालम्बीहरुको पवित्र तीर्थस्थल भएकाले त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो।
समाजसेवी हरपाल सिंहले देशका विभिन्न स्थानमा रहेका गुरुद्वारमा नानकजयन्ती मनाइएको जानकारी दिनुभयो।
पवित्र गुरु ग्रन्थको अध्ययन गरेर गुरुपर्वको विधी विधान अनुसार प्रवचन गरिएको छ।
तपाईको बिचार