नेपालको बिजुली आजदेखि बंगलादेश निर्यात, तीनै देशका उर्जा मन्त्रीले गरे भर्चुअल माध्यमबाट सुरुवात

नेपालको बिजुली आजदेखि बंगलादेश निर्यात, तीनै देशका उर्जा मन्त्रीले गरे भर्चुअल माध्यमबाट सुरुवात

557

काठमाण्डौं । पहिलोपटक नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात भएको छ ।

शुक्रवार ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले भर्चुअल माध्यमबाट बंगलादेश विद्युत् निर्यातको औपचारिक सुरुवात गरेका हुन् ।

भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालको ४० मेगावाट विद्युत बंगलादेश निर्यात हुन थालेको हो ।

नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने विषयमा तीन देशका कम्पनीबीच १७ असोजमा सम्झौता भएको थियो ।नेपालले १० हजार मेगावाट विद्युत भारत र ५ हजार मेगावाट बंगलादेशलाई निर्यात गर्ने लक्ष्य राखेको छ ।

विद्युत् निर्यात गर्न भारतको आधिकारिक निकायको अनुमति आवश्यक पर्ने सम्झौतामै उल्लेख छ । सुरुमा १६ कात्तिकदेखि विद्युत् निर्यात गर्ने मौखिक सहमति तीन देशका कम्पनीबीच भएको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर