काठमाडौँको फोहोर व्यवस्थापनमा संघीय सरकारदेखि उपत्यका मेयर्स फोरमसम्मको अवरोध छ- मेयर बालेन शाह

काठमाडौँको फोहोर व्यवस्थापनमा संघीय सरकारदेखि उपत्यका मेयर्स फोरमसम्मको अवरोध छ- मेयर बालेन शाह

561

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौँको फोहोर व्यवस्थापनमा चौतर्फी राजनीति र अवरोध भएको बताएका छन् ।

मेयर शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत फोहोर व्यवस्थापननमा संघीय सरकारदेखि उपत्यका मेयर्स फोरमसम्मले अवरोध सृजना गरेको आरोप लगाएका छन् ।

आफ्नो योजना कार्यान्वयनतिर लाग्दा विभिन्न किसिमका अवरोधहरू सिर्जना गरिदिने काम भएको उनको भनाइ छ । नेपवेस्ट नामको कम्पनीले अवरोध सिर्जना गर्न मुद्दा दर्ता गरेको र सो कम्पनीलाई राज्यले संरक्षण गरेको उनको आरोप छ ।

उनले फेसबुकमा भनेका छन् ‘नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईँहरूले पुरै देशनै बेच्नुभो भने पनि काठमाडौँ एक्लै नेपाल भनेर उभिनेछ ।’

उनले चुनावअघि काठमाडौंको फोहोर सम्बन्धी धेरै कुरा गरेको बताउँदै भनेका छन्, ‘चुनाव पहिले काठमाडौंको फोहोरसम्बन्धी धेरै कुरा गरेका थियौँ । आफ्ना योजना सुनाएका थियौँ । निर्वाचित भए पछि त्यही अनुसार हामीले धेरै विकल्पहरू हे¥यौँ । धेरै देशको व्यवस्थापन हे¥यौँ । पुराना, नयाँ प्रविधि हे¥यौँ । नेपालका सयौँ मान्छे र कम्पनीसँग भेट्यौँ । हाम्रो टोली इन्डिया, चीन, जापान लगायत धेरै ठाउँमा पुग्यो । तर हामीले भोगेको जस्तै समस्याबाट पार पाएको इन्दोर हाम्रा लागि उपयुक्त नमुना बन्न सक्ने देख्यौँ ।’

उनले थप लेखेका छन् ‘हामी स्पष्ट छौँ, काठमाण्डौको फोहोरको दिगो समाधान सम्भव छ । यो काठमाण्डौबासीको अधिकारको कुरा हो । हामीले फोहोर थुपारेर बर्षौँदेखि अन्याय गरिरहेको सिस्डोल र बञ्चरे डाँडा लगायत स्थानका पिडितहरूको न्यायको कुरा हो । यो हजारौँको रोजगारी र देशभरको गौरव जोडिएको बिषय हो । हामी समस्या समाधानको बाटोमै छौ अबरोध अझै आउन सक्छन तर यसमा रत्तिभर पनि सम्झौता नगरी अगाडी बदनेछौ ।’

तपाईको बिचार

सम्बन्धित खबर