काठमाडौँ । कोप-२९ मा भाग लिएर राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फिर्ता भएका छन् । अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप-२९) मा भाग लिएर आज स्वदेश फर्किएका हुन् ।
नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते अजरबैजान जानुभएका राष्ट्रपति पौडेल शुक्रवार बिहान स्वदेश फर्किएका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्री एवं सरकारका उच्चपदस्थ अधिकारीले स्वागत गरेका थिए ।
तपाईको बिचार