आईसीसी यू-१९ महिला टी- २० विश्वकपमा नेपाल छनोट भएकोमा अध्यक्ष नेपालले दिए बधाई

आईसीसी यू-१९ महिला टी- २० विश्वकपमा नेपाल छनोट भएकोमा अध्यक्ष नेपालले दिए बधाई

565

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वधानमन्त्री माधवकुमार नेपालले नेपाल आईसीसी यू १९ महिला टी २० विश्वकप २०२५ का लागि छनोट भएकोमा बधाई ज्ञापन गरेका छन् ।

बुधबार युएईलाई पराजित गर्दै नेपाली महिला क्रिकेट टोली विश्वकप छनोट भएपछि अध्यक्ष नेपालले आईसीसी यू१९ महिला टोलीलाई बधाई दिएका हुन् । नेपाल आगामी वर्ष हुने आईसीसी यु १९ टी २० क्रिकेट विश्वकपमा छनोट भएको छ।

बुधबार भएको निर्णायक खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक यु १९ महिला विश्वकपमा छनोट भएको हो। यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक रन ३५ बनाइन्। त्यस्तै कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन् । साबित्री धामीले १२ रन बनाइन्।

टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो। यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन्। त्यस्तै रिनिथा रन्जितले २० रन बनाइन् भने ‌‌ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए।

नेपालका लागि कृष्मा गुरुङले ४ ओभरमा १७ रन दिएर ४ विकेट लिइन्। उनले कप्तान धर्निधरका सहित ३ खेलाडीलाई एकै ओभरमा आउट गराएकी थिइन्। नेपालका रिया शर्मा र सीमा केसीले २२ विकेट लिँदा रचना कुमारी चौधरीले १ विकेट लिइन्। नेपालले अब आगामी वर्ष मलेसियामा हुने आइसिसी यु १९ महिला टी २० विश्वकप खेल्ने छ।

तपाईको बिचार

सम्बन्धित खबर