धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको अन्तर्वार्ता मंसिर ९ मा

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको अन्तर्वार्ता मंसिर ९ मा

769

काठमाडौँ । धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि तीन आवेदकलाई अन्तर्वार्तामा बोलाइएको छ । छनोट सूचीमा परेका नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई मंसिर ९ गते बिहान ८ बजेको लागि अन्तर्वार्तामा बोलाइएको हो।

यसअघि असोज १८ गते अन्तर्वार्तामा बोलाइए पनि अन्तिम समयमा स्थगित भएको थियो। अर्थ मन्त्रालयले विशेष कारणवश अन्तर्वार्ता रोक्नुपरेको जानकारी दिएको थियो।

यसअघि अध्यक्षको नाम सिफारिस हुन नसकेपछि सरकारले नयाँ प्रक्रिया सुरु गर्न अर्को सिफारिस समिति बनाएको थियो। छनोटको सूचीमा परेका उम्मेदवार सन्तोषनारायणले नयाँ प्रक्रिया सुरु गर्ने कानुनी व्यवस्था नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा हालेका थिए।

तपाईको बिचार

सम्बन्धित खबर