नेपाल पहिलो पटक महिला यु-१९ विश्वकपमा

नेपाल पहिलो पटक महिला यु-१९ विश्वकपमा

753

काठमाडौं । नेपाल पहिलो पटक आइसिसी महिला यु-१९ ट्वान्टी-२० विश्वकपमा छनोट भएको छ ।  एसिया छनोटको अन्तिम खेलमा बुधबार नेपालले घरेलु टोली युएईविरुद्ध आठ विकेटको जित निकाल्यो ।

यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनर सना प्रविनले अविजित रहँदै सर्वाधिक रन ३५ बनाइन् । त्यस्तै कप्तान पूजा महतोले १८ बलमा २१ रनको योगदान दिइन् । साबित्री धामीले १२ रन बनाइन् ।

टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । यूएईका लागि कप्तान समाइरा धर्निधरकाले सर्वाधिक ३१ रन बनाइन् । त्यस्तै रिनिथा रञ्जितले २० रन बनाइन् भने ‌‌ओपनर लावन्या केनी र इन्दुजा नन्दाकुमारले समान १० रन बनाए ।

तपाईको बिचार