स्पेनमा भएको एफआईए मोटर स्पोर्ट गेम्समा सहभागी नेपाली टोली स्वदेश फिर्ता

स्पेनमा भएको एफआईए मोटर स्पोर्ट गेम्समा सहभागी नेपाली टोली स्वदेश फिर्ता

639

काठमाण्डौस्पेनको भ्यालेन्सियामा  हालै सम्पन्न भएको एफ आइ ए मोटर स्पोर्ट्स  गेम्समा भाग लिइ नेपाली  टोली स्वदेश फर्किएको छ ।
गत अक्टोबर २३ देखि २७ तारीख सम्म भएको सो प्रतियोगितामा  नेपालको तर्फबाट खेलाडी दिप्रश शाक्यले इ स्पोर्ट्स जिटि कृष्ण प्रसाद पौडेल र प्रज्ञा  कँडेलले  अटो स्लामम मा प्रतिस्पर्धा गरेका थिए ।

नेपाली खेलाडीहरुले भाग लिएको स्पेनको रेसिङ्ग ट्रयाक  एन्ड  सर्किड रीकार्दी  टर्मी खेल परीसरमा भएको अटो स्लाम विधामा नेपाल सहित १७ देशका महिला एवम पुरुष गरि ३४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

 विश्व स्तरीय सो प्रतियोगितामा बिश्वका ८२ रास्ट्रका ६४६ प्रतियोगी हरुले विभिन्न २६ विधामा प्रतिस्पर्धा गरेका थिए। अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन एफआइए को आयोजनामा ओलम्पिक फर्म्याटमा सम्पन्न भएको विश्वकै सबैभन्दा ठूलो एकमात्र अन्तर्राष्ट्रिय मोटर स्पोर्ट्स प्रतियोगितामा नेपालको तर्फबाट तीन खेलाडी सहित टिम डेलिगेट्मा दशरथ रीसाल टिम ब्यबस्थापकमा यदुराज लामिछाने  र मिडिया डेलिगेटमा टीका राम यात्री रहेका थिए।

प्रत्येक दुई दुई वर्षमा हुने सो प्रतियोगिताको अन्तर्राष्ट्रिय प्लेट्फर्म मा नेपाल को सहभागिताले भर्खरै लोकप्रिय बन्दै गरेको मोटर स्पोर्ट्सको प्रवर्द्धनमा ठूलो सहयोग पुग्ने सहभागी खेलाडी दिप्रश शाक्यले बताए ।

तपाईको बिचार

सम्बन्धित खबर