सरकारको निर्णय बमोजिम अहिले लाइन जोडियो १५ दिनभित्र नतिरे फेरि काट्छौँ- घिसिङ

सरकारको निर्णय बमोजिम अहिले लाइन जोडियो १५ दिनभित्र नतिरे फेरि काट्छौँ- घिसिङ

599

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन विद्युत प्रयोग गरेबापतको बक्यौता महसुल उद्योगीले १५ दिनभित्र नतिरे फेरि लाइन काट्ने बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले सरकारको निर्णय बमोजिम अहिले लाइन जोडिएको बताए ।

‘हामीले बक्यौता महसुल नबुझाउने २८ उद्योगको लाइन कात्तिक ८ गते काटेका थियौं । नेपाल सरकारबाट १५ दिनभित्र बक्यौता उठाउने गरी हाललाई २४ घण्टाभित्र लाइन जोड्ने निर्देशन प्राप्त भएको छ ।’ घिसिङले भने, हामी बक्यौता उठाउन लाग्नेछौँ। उहाँहरूले पनि बुझाउनुपर्नेछ। १५ दिनभित्र पनि बक्यौता तिर्न नआए हामी फेरि आफ्नो प्रक्रियामा जान्छौं ।’ मन्त्रिपरिषद्को निर्णय र निर्देशनसँगै प्राधिकरणले सबै उद्योगको लाइन जोडिसकेको छ।

तपाईको बिचार

सम्बन्धित खबर