प्रधानमन्त्री अघि  बेइजिङ जाँदै परराष्ट्रमन्त्री राणा

प्रधानमन्त्री अघि  बेइजिङ जाँदै परराष्ट्रमन्त्री राणा

648

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा प्रधानमन्त्री केपी ओली अघि बेइजिङ जाँदै छन् । प्रधानमन्त्री ओलीको चीन भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री बेइजिङ जान लागेको बताइएको छ ।

समकक्षी वाङ यी को निमन्त्रणमा उनी मंसिर दोस्रो साता चीन जान लागेकी हुन् । यद्यपी उनको भ्रमण मिति तय भइनसकेको परराष्ट्रमन्त्री राणाका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए ।

गत सोमबार नेपालका लागि चिनियाँ राजदूत छन सोङ परराष्ट्र मन्त्री राणालाई भेट्न परराष्ट्र मन्त्रालय पुगेका थिए । प्रधानमन्त्री ओलीको चीन भ्रमण आउँदो मंसिर १७ देखि २१ गतेसम्म तय भएको बताइएको छ ।

तपाईको बिचार