युवा विद्यार्थी विशेष जिल्ला कमिटीको अधिवेशन आजबाट

युवा विद्यार्थी विशेष जिल्ला कमिटीको अधिवेशन आजबाट

765

काठमाण्डौं । नेकपा (एमाले) निकट युवा विद्यार्थी विशेष जिल्ला कमिटीको पाँचौं अधिवेशन आजबाट काठमाण्डौमा सुरू हुँदैछ। पार्टीका महासचिव शंकर पोखरेलले केन्द्रीय कार्यालय तुलसिलाल स्मृति प्रतिस्ठान च्यासलमा दिउँसो २ बजे अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।

युवा संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा आबद्ध भई पार्टी सदस्यता लिएकाहरू यो कमिटीका सदस्य हुनेछन्। अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ। युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा एक हजार ७ सय ६४ सदस्य रहेको युवा विद्यार्थी विशेष जिल्ला कमिटी  इन्चार्ज तथा एमाले केन्द्रीय सदस्य रमेशकुमार पौडेलले बताए ।

आगामी नेतृत्वका लागि वर्तमान अध्यक्ष रामजी सापकोटा र सुदर्शन शिवाकोटीले आकांक्षा देखाएका छन्। सापकोटा युवा संघको उपाध्यक्ष हुँदै युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा आएका हुन्। एमालेमा ७७ वटा भूगोल र ४ वटा गैरभूगोल जिल्ला कमिटी छ।

तपाईको बिचार