दीपक मनाङे डिल्लीबजार कारागार चलान

दीपक मनाङे डिल्लीबजार कारागार चलान

815

काठमाडौं । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे डिल्लीबजार कारागारमा चलान भएका छन् ।

ज्यान मार्ने उद्योग कसुरमा पक्राउ परेका गुरूङ कारागार चलान भएका हुन् । काठमाडौं जिल्ला अदालतले मंगलबार उनलाई डिल्लीबजार कारागारमा जेल चलान गरेको सूचना अधिकारी मेलिश बाँस्कोटाले जानकारी दिए।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबार बिहान सानो भर्याङ सितापाइलास्थित एक घरबाट पक्राउ गरेको थियो । सिआइबीले उनलाई पक्राउ गरी अदालतका फैसला कार्यान्वयन अधिकारीसमक्ष पेश गरेसँगै उनी जेल चलान भएका हुन्।

तपाईको बिचार