आईसीसी महिला यु-१९ विश्वकप छनाैट: थाइल्याण्डमाथि नेपालकाे शानदार जित

आईसीसी महिला यु-१९ विश्वकप छनाैट: थाइल्याण्डमाथि नेपालकाे शानदार जित

637

काठमाडाै । नेपालले आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा आज भएको खेलमा नेपालले थाइल्यान्डमाथि शानदार जित हात पारेकाे छ । नेपालले १०६ रनको विशाल जित हात पारेको हो।

छनोटमा चार खेल्दा नेपाल ६ अंकका साथ दोस्रो स्थानमा रहेकाे छ। नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ र दोस्रोमा कुवेतलाई १०८ रनले हराएको थियो। घरेलु टोली युएईविरुद्धको खेलमा भने नेपाल १३ रनको पराजित भयो। अपराजित रहेको युएई आठ अंकसहित शीर्ष स्थानमा छ।

नेपालले सोमबार कुवेत र बुधबार युएईसँग खेल्नेछ। यी दुवै खेलमा फराकिलो जित निकाले नेपाल विश्वकपमा पुग्नेछ। दुई अंक जोडेको थाइल्यान्ड र अंकविहीन कुवेत भने प्रतियोगिताबाट बाहिरिसकेका छन्। नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको थाइल्यान्डले १६ ओभरमा सबै विकेट गुमाउँदै ३३ रन मात्रै बनायाे।

थाइल्यान्डका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। नेपालकी कुसुम गोद्दरले सर्वाधिक तीन विकेट लिइन्। रिचाकुमारी चौधरी र रिया शर्माको नाममा समान दुई विकेट रह्यो। यस्तै, कप्तान पूजा महतोले एक विकेट लिइन्।

त्यसअघि अजमानमाको द सेभेन रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाएको थियो।

सानाले सर्वाधिक ५३ रन बनाइन्। जारी प्रतियोगितामा यो उनको पहिलो अर्धशतक हो। ४६ बल खेलेकी उनले सात चौका प्रहार गरिन्।

अर्की ओपनर सावित्री धामीले २८ रन बनाइन्। उनीहरूबची पहिलो विकेटका लागि ८८ रनको साझेदारी भएपछि नेपाल बलियो स्थितिमा पुगेको थियो। कप्तान पूजा महतो चार रनमा क्याच आउट हुँदा सोनीले १९ रनको योगदान दिइन्। अन्य ब्याटरको प्रदर्शन भने उत्साहजनक रहेन।

तपाईको बिचार

सम्बन्धित खबर