मानव तस्करीमा जोडिएका कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी पक्राउ

मानव तस्करीमा जोडिएका कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी पक्राउ

795

काठमाण्डौं । मानव तस्करी प्रकरणमा जोडिएका कोशी प्रदेशका सांसद लिलाबल्लभ अधिकारी पक्राउ परेका छन्। नेकपा (एमाले) को तर्फबाट निर्वाचित कोशीका सांसद अधिकारीलाई पक्राउ गरी काठमाडौं ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।

प्रदेश सरकारका मन्त्री समेत लरेका अधिकारीलाई एमाले कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी गरेको कारबाहीलाई शनिबारको सचिवालय बैठकले अनुमोदन गरेको थियो। अधिकारीमाथि पदको दुरूपयोग गर्दै गैरकानुनी तरिकाले मानिसहरू जापान पुर्‍याउन खोजेको आरोप लागेपछि मन्त्री पदबाट राजिनामा दिएका थिए ।

अधिकारी कोशी मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेका थिए। जापानको अध्यागमनले मन्त्री अधिकारीसहित उनीसँगै गएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई डिपोर्ट गरेपछि यो प्रकरणको सार्वजनिक भएको थियो।

तपाईको बिचार