एकीकृत समाजवादी इलामको अधिवेशन आयोजक कमिटी अध्यक्षमा राई

एकीकृत समाजवादी इलामको अधिवेशन आयोजक कमिटी अध्यक्षमा राई

1139

इलाम । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) इलामको जिल्ला अधिवेशन आयोजक कमिटी अध्यक्षमा रणबहादुर राई चयन भएका छन् । बैठकले राईको नेतृत्वमा एक सय १५ सदस्यीय आयोजक कमिटी गठन गरेको छ ।

शनिबार इलाम सदरमुकाममा सम्पन्न जिल्ला कमिटीको १५ औं पूर्ण बैठकले राईलाई आयोजक कमिटी अध्यक्षम्को जिम्मेवारी दिएको हो । सूर्योदय नगरपालिकाको नगरप्रमुख रहेका राई यसअघि जिल्ला सचिवालय सदस्य थिए ।

तत्कालीन जिल्ला अध्यक्ष रहेका भक्त केसी केन्द्रीय सदस्य निर्वाचित भएपछि आयोजक कमिटी अध्यक्षमा राईलाई जिम्मेवारी दिएको हो ।

अध्यक्ष केसीको अध्यक्षता तथा केन्द्रीय सचिव बलदेव चौधरीको प्रमुख आतिथ्यमा भएको बैठकमा केन्द्रीय पोलिटब्युरो सदस्य धर्मराज निरौला पोलिटब्युरो सदस्य तथा प्रदेश सभा सदस्य खिनु लुङ्वा लिम्बू, केन्द्रीय अनुशासन आयोग सदस्य राजकुमार राई, केन्द्रीय सल्लाहकार परिषद् सदस्य लालबहादुर सुब्बा लगायत समेतको सहभागिता थियो ।

तपाईको बिचार