रुस र युक्रेन युध्द कति मारीए पत्तो छैन, ५६३ युक्रेनी सैनिकको शव फिर्ता

रुस र युक्रेन युध्द कति मारीए पत्तो छैन, ५६३ युक्रेनी सैनिकको शव फिर्ता

803

एजेन्सि । युक्रेनले शुक्रबार रूसी अधिकारीहरूबाट ५६३ सैनिकहरूको शव प्राप्त गरेको बताएको छ । यसमा मुख्य रूपमा पूर्वी डोनेट्स्क क्षेत्रमा लडाइँमा मारिएका थिए ।

सन् २०२२ मा रुसको आक्रमणपछि मस्को र कीभबीचको सहयोगका केही क्षेत्रहरूमध्ये कैदी र मारिएका सैनिकहरूको शवको आदानप्रदान एउटा हो ।

५ सय ६३ युक्रेनी डिफेन्डरहरूको शव युक्रेनमा फिर्ता गरियो’ युद्ध कैदीहरूको उपचारको लागि समन्वय मुख्यालयले सोशल मिडियामा एक विज्ञप्तिमार्फत उल्लेख गरेको छ । साथै, रुसी शवगृहबाट थप १५४ शव फिर्ता गरिएको विज्ञप्तिमा उल्लेख छ । युध्दमा कति सैनिक मारिएका छन् भन्ने सार्वजनिक रूपमा खुलासा गरेका छैनन् ।

तपाईको बिचार