प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार शिलान्यास स्थलमा झडप, ३ जना घाईते

प्रसिद्ध तीर्थस्थल पाथीभरामा केबलकार शिलान्यास स्थलमा झडप, ३ जना घाईते

665

काठमाण्डौ पूर्वको प्रसिद्ध तीर्थस्थल पाथीभरासम्म जाने केबलकार निर्माणका लागि राखिएको शिलान्यास कार्यक्रममा एक अर्को पक्षबीच  झडप भएको पाइएको छ ।  झडपमा ढुंगा हानाहान हुँदा कम्तिमा तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय चन्द्र मादेन, दमोदार अधिकारी र कुमार लिम्बु रहेका छन्  उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको   ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । घटनामा सशस्त्र प्रहरीका इन्स्पेक्टर डिगेन्द्र ओली पनि सामान्य घाइते भएका छन् । 

आज दिउँसो तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रममा पाथीभरामा केबलकार बनाउन दिनुहुँदैन भन्ने समूहका व्यक्तिहरू र आयोजक पक्षसँग झडप भएको बताईएको छ ।  अहिलेपनि त्यहाँ केबलकार बनाउन नदिने भन्दै स्थानीयहरूले प्रदर्शन चर्काएका छन् । अवस्था सामान्य बनाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । 

पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै पहिचान पक्षधरहरूले यसअघिदेखि नै आन्दोलन गर्दै आएका थिए । प्रकृति नष्ट गरेर केबलकार बनाउन नहुने उनीहरूको तर्क छ ।

मुक्कुमलुङ संरक्षण समितिसहित केबलकार निर्माण विरोध गर्ने विभिन्न समूहले पाथीभरामा केबलकार निर्माण गर्न नहुने भन्दै आन्दोलन गर्दै आएका छन् भने अर्काथरिले प्रसिद्ध तीर्थस्थलमा यात्रा गर्न केबलकारले थप सहज गर्ने र ताप्लेजुङको पर्यटकीय महत्व अरु बढ्ने भन्दै विरोध नगर्न आग्रह गर्दै आएका छन् ।

तपाईको बिचार

सम्बन्धित खबर