काठमाडौं । नेपाली बजारमा आज सुन-चाँदीको मूल्य बढेको छ। बिहीबार एकैदिन प्रतितोला ४ हजार रूपैयाँ घटेको सुनको भाउ शुक्रबार प्रतितोला २ हजार रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो। शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार ९ सय ८० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
तपाईको बिचार