काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी उपनिर्वाचनमा एमाले एक्लै चुनाव लड्ने बताएका छन् । एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै पोखरेलले भने ‘हामी लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास गर्छौँ, हामी एक्लै लड्छौँ, चुनावका सन्दर्भमा हामी कुनै गठबन्धन बनाएर चुनाव लड्दैनौँ’ ।
अहिले नेपाली कांग्रेस र नेकपा (एमाले) को संयुक्त सरका र भए पनि चुनाव भने दुवै पार्टी अलग अलग लड्ने उनले स्पष्ट पारे । ‘चुनाव आ–आफ्नो हिसाबले लड्छौँ’ राष्ट्रिय राजनीतिलाई सही दिशामा लैजानका लागि मात्र एमाले र कांग्रेस एक ठाउँमा उभिनु परेको भन्दै उनले यो भूमिका निर्वाह गर्न कांग्रेस र एमाले एक ठाउँमा उभिएको र उभिनु पर्नेमा उनको जोड थियो ।
तपाईको बिचार