बालिकाको मृत्युपछि डोटीको सुजङ अस्पताल तोडफोड, ३ जना चिकित्सक नियन्त्रणमा 

बालिकाको मृत्युपछि डोटीको सुजङ अस्पताल तोडफोड, ३ जना चिकित्सक नियन्त्रणमा 

845

 

काठमाडौं । चिकित्सकको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै आफन्त र स्थानीयहरुले डोटीको सुजङ अस्पतालमा तोडफोड गरेका छन् ।
हात भाँचिएर उपचारका लागि अस्पताल पुगेकी ९ वर्षीया बालिकाको मृत्यु भएपछि आफन्त र स्थानीयहरुले अस्पताल तोडफोड गरेका हुन् ।

दिपायल सिलगढी नगरपालिका–३, की ९ वर्षीया रजनी भुलको  बुधबार राति मृत्यु भएपछि उनका आफन्त र स्थानीयले अस्पताल परिसरमा प्रदर्शनका साथै तोडफोड गरेका हुन् ।
चिकित्सकको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीय अस्पताल तोडफोडमा उत्रिएका हुन् ।

अस्पतालमा थप क्षति हुन नदिन र घटनाको अनुसन्धानका लागि उपचारमा संलग्न चिकित्सकलाई नियन्त्रणमा लिएका छौ घटनाबारे  थप अनुसन्धान भइरहेको छ जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माले बताए  ।
उपचारमा संलग्न डा.राजमणि यादव, डा. सुरेन्द्रकुमार चौधरी र डा. अभिषेक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार बुधबार राति करिब ८ बजे शल्यक्रिया गर्नका लागि सुइमार्फत एनेस्थेसिया दिइएको खुलेको छ । त्यसपछि बालिका होसमा नआएको बताईएको छ । 

तपाईको बिचार

सम्बन्धित खबर