काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षको उमेदवारका लागि नेपाली कांग्रेसले बलराम सरदारलाई उम्मेदवार बनाउने भएको छ । आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसले सरदारलाई उमद्वार बनाउने भएको हो ।
१७ जना आकाङ्क्षीमध्येबाट सरदारलाई अगाडि सारिएको कांग्रेस जिल्ला सचिव ललित श्रेष्ठले बताए । महासमिति सदस्यसमेत रहेका सरदार पुराना नेता हुन् । २०८० माघमा ब्रेन ह्याम्रेज भएर बिरामी परेका ग्रामथानका जयप्रकाश गच्छदारको गत ३ असारमा निधन भएपछि उक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।
तपाईको बिचार