अमेरिकामा डोनाल्ड ट्रम्प विजयी भएको औपचारिक घोषणा

अमेरिकामा डोनाल्ड ट्रम्प विजयी भएको औपचारिक घोषणा

719

वासिङ्टन। अमेरिकामा रिपब्लिकन उम्देवार डोनाल्ड ट्रम्पको जितको औपचारिक घोषणा भएको छ। समाचार एजेन्सी एपीका अनुसार अधिकांश राज्यको मतगणना सकिएको छ । त्यहीकारण रिपब्लिकनका प्रत्यासी ट्रम्पलाई विजेता घोषित गरिएको हो ।

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले बहुमत हासिल गर्ने क्रममा २७९ इलेक्टोरल कलेज भोट मिलेको छ। उनीसँग पराजित डेमोक्रेटिककी उम्देवार कमला ह्यारिसले २१९ मात्रै इलेक्टोरल कलेज भोट लिन सफल भइन् । उनी जो बाइडेन नेतृत्वको प्रशासनमा उपराष्ट्रपति थिइन् ।

ट्रम्पले अमेरिकाका सातमध्ये चार स्विङ स्टेट्समा जित निकालेका छन् । यिनमा जर्जिया, नर्थ क्यारोलाइना, भिस्कान्सिन र पेन्सिलभेनिया रहेका छन् ।

अमेरिकामा कूल ५३८ इलेक्टोरल कलेज भोट छन् । सिनेटमा १०० र हाउस अफ रिप्रिजेन्टेटिभका ४३८ मध्ये बहुमतका लागि २७० मत आवश्यक हुन्छ ।

स्विङ स्टेटमध्ये जर्जिया र नर्थ क्यारोलाइनामा १८-१६ इलेक्टोरल भोट छन्। पेन्सिलभेनियामा सबैभन्दा धेरै १८ इलेक्टोरल कलेज भोट छन् । बाँकी तीन स्विङ स्टेट नेभाडा, मिशिगन र एरिजोनाको मतपरिणाम भने कमला ह्यारिसको पक्षमा गएको छ

तपाईको बिचार