चारवटै सीटमा सर्वसम्मत उम्मेद्वार टुँडो लगायो काठमाडौं एमालेले

चारवटै सीटमा सर्वसम्मत उम्मेद्वार टुँडो लगायो काठमाडौं एमालेले

823

काठमाडौं नेकपा एमालेले काठमाडौंमा उपचुनाव हुन लागेका चार वटै सीटमा उम्मेदवार टुंगो लगाएको छ । जिल्ला कमिटीको आज बसेको बैठकले कीर्तिपुर नगरपालिकाको मेयरमा पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिस गरेको जिल्ला अध्यक्ष दीपक निरौलाले बताए ।

एमाले महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको बैठकले  कीर्तिपुर वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकी काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेद्वार बनाउने गरी जिल्ला कमिटीले  सर्वसम्मत सिफारिस गरेको छ ।

 यी सबै उम्मेदवार सम्बन्धित वडा र नगर कमिटीबाट सर्वसम्मत सिफारिस भएको जिल्ला इन्चार्ज आनन्द पोखरेलले  बताए । 

तपाईको बिचार