टिकटक आधिकारिक रूपमा दर्ता

टिकटक आधिकारिक रूपमा दर्ता

655

काठमाण्डौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरले टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको जानकारी दिए ।

टिकटकले प्रक्रिया पुर्‍याएर आएसँगै आधिकारिक दर्ता भइसकेको छ । तिहारअघि नै दर्ता प्रक्रिया सम्पन्न गरियो, उनले भने। टिकटक सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाबमोजिम दर्ता भएको मन्त्रालयका प्रवक्ता ठाकुरले बताए ।

तपाईको बिचार