काठमाडौं । सुनको मूल्यमा २ हजार बढीको गिरावट आएको छ । तिहारपछिको पहिलो कारोबार दिनमा २ हजार गिरावट आएको हो
कात्तिक १५ गते हालसम्मकै उच्च अथात् प्रतितोला एक लाख ७१ हजार रुपैयाँ पुगेको छापावाल सुनको मूल्य मंगलबार तोलामा २ हजार ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६८ हजार दुई सय रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । कात्तिक १५ गते तोलामा २ हजार ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर २ हजार ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
तपाईको बिचार