माधव नेपाल भेनेजुयला प्रस्थान, कार्यवाहक अध्यक्ष पाण्डेलाई

माधव नेपाल भेनेजुयला प्रस्थान, कार्यवाहक अध्यक्ष पाण्डेलाई

951

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल शनिबार भेनेजुयला प्रस्थान गरेका छन् । भेनेजुयलाको पार्लियामेन्ट्री फोरमको निमन्त्रणामा अध्यक्ष नेपाल नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो।

फोरमले यही कात्तिक १९ र २० गते गर्न लागेको सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। पार्टी सचिव सोमप्रसाद पाण्डेय अनुसार अध्यक्ष नेपालको अनुपस्थितिमा पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ।

टोलिमा अध्यक्ष नेपालसँगै पार्टी सचिव माननिय शेरबहादुर कुँवर पनि सहभागी छन् ।

तपाईको बिचार