आईसीसी विश्व कप अन्तर्गत नेपाल र अमेरिकाबीच भिडन्त हुँदै

आईसीसी विश्व कप अन्तर्गत नेपाल र अमेरिकाबीच भिडन्त हुँदै

717

काठमाडाै ।आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा आज नेपाल र अमेरिकाबीच भिडन्त हुँदैछ।  खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा सुरु हुने छ।

जारी सिरिजमा नेपालले २ खेलमा एक हार र एक जित हासिल गरेको छ भने अमेरिकाले ३ खेलमा २ हार र एक जित हासिल गरेको छ। अमेरिकाले यस सिरिजमा नेपाललाई पराजित गरेको थियो भने स्कटल्याण्डविरुद्धका दुवै खेलमा हार बेहोरेको थियो।

त्यस्तै अमेरिकाविरुद्ध हार बेहोरेको नेपालले स्कटल्याण्डलाई पराजित गरेको थियो। लिग-२ मा अहिलेसम्म अमेरिका ११ खेलमा १४ अङ्क हासिल गर्दै दोस्रो स्थानमा छ भने नेपाल १० खेलमा ५ अङ्कसहित सातौँ स्थानमा रहेकाे छ।

तपाईको बिचार