महिला फुटवलर प्रीतिलाई ब्यागमान्डुको सम्मान

महिला फुटवलर प्रीतिलाई ब्यागमान्डुको सम्मान

771

काठमाडौ ।नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर प्रीति राईलाई ब्यागमान्डु बाइ प्रियाले सम्मान गरेको छ ।

ब्यागमान्डुले आफ्नो तेस्रो वार्षिकोत्सवका अवसरमा शुक्रबार भर्खरै सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीतिलाई नगद रु २५ हजारसहित सम्मान पत्र र गिफ्ट ह्याम्परद्धारा सम्मान गर्यो ।

ब्यागमान्डुकी प्रबन्ध निर्देशक प्रिया मानन्धर तथा कार्यक्रमका प्रमुख अतिथि १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता कराते प्रशिक्षक मन्डेकाजी श्रेष्ठले प्रीतिलाई खादा ओढाएर सम्मान गरेका थिए ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनलमा नेपाल बंगलादेशसँग ३१ ले पराजित भएको थियो । नेपाललाई फाइनलसम्म पुर्याउन प्रीतिले तीन गोल गर्नुका साथै दुई गोलका लागि अवसर सिर्जना गरेकी थिइन् ।

प्रीतिले समूह चरणमा माल्दिभ्सविरुद्ध ह्याट्रिक पूरा गरेकी थिइन् । यसैगरी उनले सेमिफाइनलमा भारतविरुद्ध सावित्रा भण्डारी तथा फाइनलमा बंगलादेशविरुद्ध अमिशा कार्कीले गरेको गोलका लागि अवसर सिर्जना गरेकी थिइन् ।

ब्यागमान्डुी प्रवन्ध निर्देशक मानन्धरले खेलाडीको हौसलाका लागि यो कार्यक्रम सुरु गरिएको र यसले भविष्यमा पनि निरन्तरता पाउने बताइन् ।

‘खेलाडीलाई हौसला मिलोस भनेर हामीले सम्मान कार्यक्रम गरेका हौं । खेलाडीका सहयोगका लागि हामी सँधै तयार छौं । भविष्यमा अन्य खेलका खेलाडीलाई पनि समेट्दै यो कार्यक्रमलाई अगाडि बढाउने छौं,’ प्रवन्ध निर्देशक मान्धरले भनिन्।

यसैगरी प्रमुख अतिथि श्रेष्ठले यो राम्रो सुरुआत भएको बताउँदै आयोजकलाई धन्यवाद दिए ।

‘यो राम्रो सुरुआत हो । यस्ता कार्यक्रमले खेलाडीको मनोबल बढाउँछ । खेलाडीप्रति देखाउनु भएको स्नेहका लागि म आयोजकलाई हृदयदेखि नै धन्यवाद दिन चहान्छु,’ श्रेष्ठले भने ।

तपाईको बिचार