सिस्नुपानीको देउसी भैलो व्यङ्ग्यात्मक शैलीमा विकृति विसंगतिको उठान 

सिस्नुपानीको देउसी भैलो व्यङ्ग्यात्मक शैलीमा विकृति विसंगतिको उठान 

615

काठमाडौं  । हरेक वर्ष झै सिस्नुपानी नेपालले यस वर्ष पनिनेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा  देउसी भैलो कार्यक्रमको आयोजना गर्योृ

हरेक वर्ष प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, मन्त्री, सांसद, राजनीतिक दलका प्रमुखहरू र उच्च पदस्त व्यक्तित्वहरूलाई समेत आमन्त्रण गरेर उनीहरूसँगै सम्बद्ध विसङ्गत पर्यावरणमाथि दमदार व्यङ्ग्य गर्ने परम्परालाई सिस्नुपानीले यस वर्ष पनि निरन्तरता दिएको छ ।

वर्षभरी घटित राजनीतिक, सामाजिक, नैतिक सवालमा जोडिएका विसङ्गतिहरुलाई उठाएर हास्यपूर्ण शैलीमा साँच्चैको सिस्नु हान्ने काम सिस्नु पानी नेपालले गर्दै आएको हो । सिस्नुपानीको स्थापनाकाल २०५५ सालदेखि आरम्भ भएको यस किसिमको देउसी कार्यक्रमले साढे दुई दशक पूरा गरेको छ ।

सिस्नुको देउसी अन्तर्गत प्रस्तुत गरिएका गीति सिर्जना, कविता र प्यारोडीहरूले नेपाली जनमनलाई छुने गरेको छ । आरम्भमा उपत्याका भित्र विभिन्न घरघरमै गएर भट्याउने गरिएको देउसी, सञ्चार माध्यहरूको परिसर हुँदै २०७० सालदेखि प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा एक दिन मात्र आयोजना गर्न थालिएको हो ।

सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागे, संस्थापक उपाध्यक्ष नरनाथ लुइँटेल, मनोज गजुरेल, टंकराज आचार्य, धीरेन्द्र प्रेमर्षि, हरिकला उप्रेती, देवी घिमिरे, चक्र दवाडी, माणिकरत्न शाक्य, रुपा झा, थरेन्द्र बराल, शरोद न्यौपाने, राजा राजेन्द्र, यमन श्रेष्ठ, बिन्दु लगायत बाद्यवादन तर्फ शिशिर योगीको नेतृत्वमा कलाकारहररूको सहभागिता थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पानसमा दीप प्रज्वलन गरि आरम्भ भएको देउसी कार्य कार्यक्रमा  यमन र राजारामले प्यारोडी प्रस्तुति, लक्ष्मण गाम्नागेको कविता र मनोज गजुरेलको नेतृत्वमा भजन टोलीले खैँजडी बजाउँदै हास्यव्यङ्ग्यात्मक भजन नृत्य र गान प्रस्तुत गर्यो ।
कार्यक्रमको आकर्षणका रूपमा प्रस्तुत सिस्नुपानी देउसीले  समसामयिक राजनीतिक, सामाजिक विकृतिहरूमाथि वेधक प्रहार गरेको थियो । 

तपाईको बिचार

सम्बन्धित खबर