काठमाडौं महानगरले टुँडिखेल, सानो गौचरण र सिफलमा साफ फाइनल लाइभ गर्ने

काठमाडौं महानगरले टुँडिखेल, सानो गौचरण र सिफलमा साफ फाइनल लाइभ गर्ने

669

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नेपाल र बंगलादेशबीच आज साँझ हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल लाइभ गर्ने भएको छ । महानगरपालिकाको टँुडिखेल, सानौ गौचरण र सिफल चौरमा खेलको लाइभ गर्ने तयारी गरेको हो ।

लाइभ गर्नका लागि आवश्यक तयारीको कामहरू भइरहेको मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिए । साफ महिला च्याम्पियनसिपको सातौँ संस्करणको उपाधिका लागि आज घरेलु टोली नेपाल र साविक विजेता बंगलादेश भिड्दैछन । त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने खेल साँझ साढे ६ बजे सुरु हुनेछ ।

तपाईको बिचार