सुनको मूल्यले नयाँ रेकर्ड कायम, प्रतितोला एक लाख ७० हजार ७ सय पुग्यो

सुनको मूल्यले नयाँ रेकर्ड कायम, प्रतितोला एक लाख ७० हजार ७ सय पुग्यो

697

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज एकैदिन तोलामा २ हजार २ सय रुपैयाँ बढेर एक लाख ७० हजार ७ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मै उच्च हो । अघिल्लो दिन सुनको मूल्य तोलामा एक लाख ६८ हजार ५ सय रुपैयाँ कायम थियो । पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दै आएको छ ।

यसैबिच आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा २ हजार एक सय ५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ बढेर २ हजार एक सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर